विराट राजवंशी महोत्सव हुने
विराटनगर/ राजवंशी समुदायको भाषा संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘विराट राजवंशी महोत्सव मेला’ आयोजना हुने भएको छ ।
विराट राजवंशी प्रगतिशील विकास समाज समितिले आउँदो चैत्र ५ गतेदेखि १५ गतेसम्मका लागि उक्त मेला आयोजना गर्ने भएको हो ।
विराटनगर–५ त्रिमुर्ति चौकस्थित जागृति टोल पश्चिमको खाली चौरमा मेला आयोजना गर्न लागिएको आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।...














