चलचित्र ‘सत्यम’को शिर्ष गीत सार्वजनिक
काठमाडौं – घोषणा भएर समयमै छायांकनमा जान नसकेको चलचित्र सत्यम निर्माण टिमले आफ्नो चलचित्रको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।
राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश हमालल...














