‘गिनिज बुक’ मा नाम लेखाउँदै ११९ वर्षीया बाटुली लामिछाने
सिन्धुली । बिहान-बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् ।
दाँत झरेका कारण मुखबाट समय-समयमा केही र्याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर...














