‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’
४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा नसकेपछि आफैंलाई गाली गर्दै विदा भए ।
राज्य संयन्त्रलाई खुला चुनौती दिएका सञ्जेल सेवा अवधीको उतरार्धमा निकै चर्चामा रहे । श्रम कार्यालय विराटनगरमा हाजिर भएलगतै सरुवा भएका उनले प्रधानमन्त्री ...













