इजरायलले रोक्यो ३ हजार सहायता ट्रक, गाजामा ६५ हजार बालबालिका कुपोषणमा
गाजा, १७ बैशाख । इजरायलले अनिकाल र भोकमरी फैलिएको गाजामा मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ।
राष्ट्र संघीय संस्था युएनआरडब्लुएका अनुसार गाजामा जीवन बचाउने सहायताका लागि जान खोजेका लगभग ३ हजार ट्रकहरू क्रसिङहरूमा पर्खिरहेका छन् ।
विश्व खाद्य कार्यक्रमका अनुसार ती ३ हजार ट्रकमा १ लाख १६ हजार मेट्रिक टन भन्दा बढी खाद्य सहायता रहेको छ, जो चार महिनासम्म एक मिलियन मानिसहरूलाई खुवाउन पर्य...














