यार्सागुम्बा टिप्न मनाङ पुगेका एक जनाको भीरबाट लडेर ज्यान गएको छ । नार्पाभूमि गाउँपालिका–२ नाम्जेर्खको भीरबाट खसेका धादिङको गङ्गाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङ घटनास्थलमै बितेका हुन् ।
हिजो लडेका उनको शव आज मध्यान्हसम्म निकाल्न सकिएको छैन । सदरमुकामबाट झण्डै एक दिनको बाटोमा रहेको घटनास्थलतर्फ सुरक्षा टोली गएको बताइन्छ ।
भीरमा अड्केको शव निकाल्न सेना, नेपाल प्रहरी र सशत्र प्रहरी बलको टोली घटनास्थलतर्फ गएको हो । हिमाली भेगमा यार्सागुम्बा टिप्ने मौसम शुरु भएको छ ।