फिल्ममा काम गर्ने ३ पात्रको कथामा ‘पैसो’
लकडाउनको समयमा छोटा चलचित्रको निर्माण पनि बढेको छ । छोटा चलचित्रले लकडाउनको समयमा मानिसहरूले भोगेको समस्याका कथालाई समेटेका छन्।
पैसा कमाउन काठमाडौं प्रवेश गरेका ३ युवा राकेश, सञ्जय पोखरेल र सन्जोग पौडेलको कथामा छोटो चलचित्र ‘पैसो’ निर्माण गरिएको छ ।
लकडाउन भएपछि पैसाको अभावमा उनीहरूले भोगेको समस्याको कथालाई यो चलचित्रमा देखाइएको छ । अहिले धेरै चलचित्रकर्मी लकडाउनका कारण समस्यामा परेका छन् ...













