अहिले कोरोनाले विश्वोलाई नै ठुलो असर पारिरहेको छ । कोरोनाको कारण विश्वो नै तर्सित छ भने यसले हरेक क्षेत्रमा असर पुर्याएको छ । गासबासको कुरा त प्राथमिकतामा छदैछ त्यो संग संगै यसले विशेष बालबालिकाहरुमा पनि गम्भीर असर पुर्याएको देखिन्छ ।

लामो समय देखि विद्यालय बन्द हुन धेरैले सहि तरिकाले शिक्षा लिन पाईरहेका छैनन् भने खाली समय अरु थुप्रै कुरालाई बालबालिकाको दिमाग कब्जा गरिरहेको देखिन्छ । यो बेलामा बालबालिकालाई सहि परामर्श र रचनात्मक गतिविधिको आवश्यकता रहेको छ । यहि बीच अमेरिकाको ओहाइयो राज्यको कोलम्बसमा नक्षत्र फाउन्डेसनले नया प्रयास गरेको छ ।

२०१८ मा स्थापना भएको संस्थाले विशेष गरी बालबालिकाहरुको लागि काम गर्दै आईरहेको छ । अनाथ देखि दुखि र खान बस्न र शिक्षाबाट बन्चित बालबालिकाहरुको लागि यस संस्थाले काम गरिरहेको छ । २ बर्षको अन्तरालमा यो संस्थाले धेरै उपलब्धिमुलक काम गरिसकेको छ ।

यो संस्थाले अमेरिका संगै नेपालमा रहेका बालबालिकाहरुको लागि पनि सहयोग गरिसकेको छ भने सहयोगको क्रम जारी राखेको छ । पछिल्लो समय बालबालिकाको वृद्धिविकासको लागि यो संस्थाले ज्युनिएर अनलाईन डान्स प्रतियोगिताको आयोजना गरेको छ । अहिले सबै सुरक्षाको हिसाबमा घरमै कवारेन्टाईनमा बसेको बेला घरबाट नै यस प्रतियोगितामा भाग लिन सक्ने हिसाबमा यो कार्यक्रम सुरु गरिएको हो ।

यसमा अमेरिकामा रहेका बालबालिकाहरुले अनलाईन मार्फत आफ्नो डान्स प्रस्तुत गर्न सक्ने छन् र यसको मुल्यांकन पनि अनलाईन मार्फत नै हुनेछ । यो कार्यक्रम सुरु भईसकेको छ । कार्यक्रमको निर्णायकमा गोमा लक्न्द्री, डी.बि गुरुङ र प्रनिषा प्रधान रहेका छन् । यस्तै कार्यक्रमका संचालक गायक बिनोद गुरुङ र मिस भुटनीज २०१९ बिजेता कविता अहङकारी रहेका छन् । कार्यक्रमलाई नक्षत्र फाउन्डेसनको अफिसियल फेसबुक पेजमा गएर हेर्न सकिने छ ।

यस्तै प्रतियोगितामा प्रथम हुनेले १५०० अमेरिकन डलर, दोस्रो हुनेले १००० अमेरिकन डलर र तेस्रो हुनेले ७०० अमेरिकन डलर प्राप्त गर्नेछन् । यस प्रतियोगिताका आयोजक नक्षत्र फाउन्डेसनका अध्यक्ष अर्जुन सुबेदी रहेका छन् । यस्तै रोहित रिमाल सचिव र शान्ता क्षेत्री कार्यक्रम व्यवस्थापक हुन् । त्यसै गरी सूचना प्राविधिकमा अनुष क्षेत्री, सूचना प्रसारकमा भुवानी सुबेदी, सम्पादन तर्फ अशोक भुजेल रहेका छन् । कार्यक्रमलाई इभोरी हेल्थ सर्भिस, होमल्याण्ड अ होम केयर सर्भिस, फर्स्ट इम्पेरीयल इन्सुरेन्स एजेन्सी र अवि ओडारी याद एंड एती क्याफेको सहयोग रहेको छ ।

यस कार्यक्रमको उदेश्य यो महामारी र लकडाउनको बेला बालबालिकाको क्षेमताको विकास गर्ने र बालबालिका भित्रको प्रतिभा बाहिर उजागर गर्ने रहेको नक्षत्र फाउन्डेसनका अध्यक्ष अर्जुन सुबेदीले बताएका छन् । यस्तै उनले कार्यक्रमलाई हेरेर सहि ढंगले बालबालिकाहरुको प्रतिभाको मुल्यांकन गर्न समेत सबैलाई आग्रह गरेका छन् । नक्षत्र फाउन्डेसनले यस किसिमको प्रतियोगिता पहिलो पटक आयोजना गरेको हो र अब हरेक बर्ष यसको आयोजना गरिने समेत प्रतिबद्धता अध्यक्ष सुबेदीले जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया