कोशी प्रदेशका पहाडी जिल्लामा जडीबुटी, जलस्रोत, कृषि र पर्यटनको अथाह सम्भावना : राजेन्द्र राउत
विराटनगर । खोटाङ उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभा दिक्तेलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दे अध्यक्ष राउतले स्थानीय उत्पादनको प्रवर्द्धन र व्यवसायिक विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कोशी प्रदेशको पहाडी जिल्ला खोटाङमा जडीबुटी, जलस्रोत, कृषि र पर्यटनक...














