नयाँ आइजीमा दीपक थापा नियुक्त
सरकारले मध्यरातदेखि रिक्त हुन लागेको प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापालाई नियुक्त गरेको छ । भर्खरै सकिएको क्याबिनेट बैठकले उक्त पदमा तीन जना एआईजीहरुमध्येबाट थापालाई छनौट गर्ने निर्णय गरेको छ ।
वरिष्ठता, कार्यकुशलता र कार्यक्षमतालाई मूल्याङ्कन गर्दै सरकारले एआईजी थापालाई प्रहरी संगठनको जिम्मेवारी दिएको बताइन्छ । एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ महानि...














