आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज

 आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज
काठ्माडौँ। हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ। हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खवर सार्वजनिक गरेको हो। आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी ...

एनआरएनएले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने

एनआरएनएले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने
गैरआवासीय नेपाली संघ एनआरएनएले "लगानी शिखर सम्मेलन २०२४" मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार (चैत ५ २०८०) भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली...

ढुङ्गाले किचेर १ जनाको मृत्यु

ढुङ्गाले किचेर १ जनाको मृत्यु
सोलुखुम्बु, फाल्गुन ०६ गते । सोलुखुम्बुको सोताङ गाउँपालिका-३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ । आज बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुला बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भईरहेको छ ।

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ
झापा, चैत ०६ गते । झापाको बिर्तामोड नगरपालिका- ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे.८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै ...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो । उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । भोजपुरमा वि.सं. २००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थि...

गुडिरहेको मोटरसाइकलमा आगलागी, क्षणभरमा खरानी

गुडिरहेको मोटरसाइकलमा आगलागी, क्षणभरमा खरानी
काठमाडौंको पेप्सीकोलामा गुडिरहेको मोटरसाइकलमा आगो लागेको छ । स्थानीय २८ वर्षका तुलब दर्लामीले हाँकेको बा. ९७ प ९८३ नम्बरको मोटरसाइकलमा आगलागी भएको बताइएको छ । साँझको समयमा जडिबुटी–पेप्सीकोला सडकमा गुडिरेको अकस्मात आगो लागेको थियो । मोटरसाइकलको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा जले...

आजको राशिफल : वि.सं. २०८० चैत्र ०६ गते मंगलवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र ०६ गते मंगलवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केहि झमेला आइलाग्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात...

पूर्वउपराष्ट्रपति पुनका परराष्ट्रविज्ञ गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे

पूर्वउपराष्ट्रपति पुनका परराष्ट्रविज्ञ गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे
काठमाण्डौ — १४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटी माग गरेकोमा गुरुङ धरौटी बुझाएर छुटेका हुन् । उनीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । उनलाई प्रहरीकाे केन्द्रीय ...

सर्वोच्च अदालत छिर्न खोजेका दुर्गा प्रसाईंका अंगरक्षकको साथमा बन्दुक

सर्वोच्च अदालत छिर्न खोजेका दुर्गा प्रसाईंका अंगरक्षकको साथमा बन्दुक
काठमाण्डौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड) पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–३ घर भएका दिपक खड्का बन्दुकसहित सर्वोच्च अदालत छिर्न खोजेपछि पक्राउ परेको बताइएको छ । उनी लामो समयदेखि व्यवसायी प्रसाईंको नीजि अंगरक्षकको रुपमा कार्यरत छन् । उनको साथबाट प्रहरीले एउटा बन्दुक बरामद गरेको छ । आफ्नो मेडिकल कलेजको सम्बन्धनसम्बन्धी मुद्दामा भइरहेको ब...

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ
बिराटनगर, चैत ०५ गते । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थाम...