विश्वकै एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बित्तिकै मृत्यु हुन्छ
इस्तानबुल – टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ।
परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने गर्दथे।
तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार मन्दिर भित्र पृथ्वीको कवचबाट खतरनाक ग्...














