दुईदिने प्रस्तावना र प्रतिवेदन लेखन तालिम सम्पन्न
विराटनगर ÷ गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि आयोजित प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।
गैसस मोरङको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने तालिम सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले तालिममा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि त्यसलाई व्यवहारमा नउतार्दा ता...














