नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व छ ः मेयर कोइराला
विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० का अवसरमा शुभकामना दिनुहुँदै मेयर कोइरालाले वि.सं. २००७ सालमा जहानिया निरंकुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको उल्लेख गर्नुभएको छ । “जनताको एकताबद्ध सामथ्र्यले जस्तोसुकै निरंकुशतालाई पराजित गरी मानवअ...














