धोकामा परिन् ‘धोकेबाज गायिका’ एलिना चौहान

धोकामा परिन् ‘धोकेबाज गायिका’ एलिना चौहान
बिर्तामोड, माघ ८ । ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ । अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठिक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसपछि उनीहरू प्रेममा परेका थिए । त्यसको ६ महिनापछाडि उनीहरूको अफेयर मिडि...

उपेन्द्र यादवकाे विराेधमा झडप, मधेशका शिक्षामन्त्री घाइते

उपेन्द्र यादवकाे विराेधमा झडप, मधेशका शिक्षामन्त्री घाइते
सप्तरीमा जनमत पार्टीका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास गर्ने निहुँमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई विरोधसहितको ब्यानर देखाउन पुगेका जनमतका कार्यकर्तासँग प्रहरीको झडप भएको बताइएको छ । कार्यक्रमस्थलमा यादवलाई विरोधस्वरुप ब्यानर देखाउन खोजिएपछि प्रहरीले हस्तक्षेप गरेको हो । झडपपछि उपेन्द्र यादवले सुरक्षाघेरामा मधेश कृषि विश्वविद्यालयको शिलान्यास गरे...

भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी

भ्रमण भ्रमण वर्ष २०२४ का लागि चितवन राष्ट्रिय निकुञ्जको यस्तो छ तयारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ को लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि सुरु हुने भरतपुर भ्रमण वर्षको लागि निकुञ्जसँगै जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पनि तयारीलाई तीब्र पारिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीस हजारी तालमा सरसफाईको काम भइसकेक...

धुमधामका साथ रामको मूर्तिमा प्राण–प्रतिष्ठा

धुमधामका साथ रामको मूर्तिमा प्राण–प्रतिष्ठा
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको प्राण–प्रतिष्ठान समारोह जारी छ । मध्यान्ह १२ बजेर २० मीनेटको साइतमा प्राण–प्रतिष्ठाको अन्तिम प्रक्रिया शुरु भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त समारोहमा प्रमुख अतिथि छन् । समारोहका झण्डै आठ हजार पाहुना मन्दिर परिसरमा पुगेका छन् । त्यसमध्ये पाँच सयभन्दा बढी वरिष्ठ राजनीतिज्ञ, उद्योगपति, प्रख्यात फिल्म कलाकार, खेलाडी...

रश्मिकाको ‘डिपफेक’ भिडिओ बनाउने पक्राउ

रश्मिकाको ‘डिपफेक’ भिडिओ बनाउने पक्राउ
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको 'डिपफेक' भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन्। डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो। इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन्। उनीहरूलाई पक्राउ गरेपछि र...

माघ ०६ देखि १२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

माघ ०६ देखि १२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो सातामा नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यो साता आफूलाई कमजोर भएको अनु...

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त

चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त
काठमाडौंँ । चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उहा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल् चलचित्र निर...

एलिसा राई अभिनित शिव र शंकरको ‘भतभती मुटु पोलिरहेछ’ रिलिज ( भिडियो )

एलिसा राई अभिनित शिव र शंकरको ‘भतभती मुटु पोलिरहेछ’ रिलिज  ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'भतभती मुटु पोलिरहेछ' सार्वजनिक गरेका छन् । गीतकार बिमला तुलाचन र चर्चित संगीतकार शंकर थापा 'स्माइल' संगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन् । गीतमा विषम आचार्यको एरेन्ज रहेको छ। नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई रामजी लामिछानेको निर्देशन गरेका हुन् । मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसा...

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक
गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण, एसडीकै मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् । सुवास तिमल्सिनाको मेकअप रहेको भिडियोमा सरोज र आश्माको कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन स...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत 'सोनाम लोछार' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ग्ना' बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव...