दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदै

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदै
दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ । आजका दिन काठमाडौंको गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली नेपालगञ्जको...

काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र

काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र
१३ असोज, काठमाडौं । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् । गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ । बस चलाउने विषयमा सरोकारवाला पक्षबीच अहिले वार्ता भइरहेको छ ।

सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियोसहित)

सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ । नेपाली हरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ । हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्...

सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने

सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने
काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमको बिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था कर्पोरेशन र ग्लोबल मिडियाले कार्यक्रमको वारेमा जानकारी दिएको हो । यस अघि नेपाल र जापानमा चार पटकसम्म सफल आयोजना भइसकेको साकुरा नाईटको सिजन ५ यस पटक ११ वटा देशमा हुने आयोजक सं...

विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक

विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक
काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक हुने गर्दछन् यसै क्रममा गायक प्रभावन जे र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको दशैं बिसेष गीत सार्वजनिक गरिएको छ। दशैँ मान्न परदेश बाट स्वदेश आउन नपाएको पिडा बोकेको 'अर्को साल' बोलको गीतले अहिलेको धेरै नेपालीको बास्तबिक कथा बोकेको छ। साजन पराजुलीको शब्द रचना रहेको गीतमा संगीत प्रभावन जे को रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर...

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’
काठमाडौं । ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाईपछि पार्दै उनले मिस फोटोजेनिक सहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगीता...

अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै

अभिनेता दीलिप रायमाझी क्लबमा लोकल खोज्दै
अभिनेता दीलिप रायमाझी क्लबमा पुगेर लोकलको माग गर्दै मस्ति गरेका छन्। हाँस्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोइरालाकाको आवाजमा रहेको गीतको भिडियोमा उनले लोकलको माग गरेका हुन्। लोकलको माग गर्दै रमाइलो शैलीमा प्रस्तुत भएका दीलिप रायमाझीलाई समारिका र स्मारिका ढकालले साथ दिएका छन्। राजा राजेन्द्र पोखरेलको शब्द संगीतमा रहेको गीतको भिडियोमा गायक पोखरेल र शान्तिम कोइरालाको सम...

गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक

गायक सिताराम पोखरेलको स्वरमा ‘पहाडको थुम्को’ सार्वजनिक
काठमाडौं । चर्चित गायक सीताराम पोखरेलको स्वरमा रहेको ‘पहाडको थुम्को’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भएको हो । हिमालपारिको जिल्ला मुस्ताङमो अत्यन्त रमणिय दृश्यहरुमा छायाँकन भएको गायक पोखरेलको २७ औं म्युजिक भिडियो पहाडको थुम्कोमा रुपक बनवासीको शव्द रचना तथा राज सागरको संगीत रहेको छ। चर्चित निर्देशक समन अधिकारीको निर्देशन रहेको पहाडको थुम्कोमा गायक पोखरेललाई अभिनयमा चर्चित नायिका तथा...

दशैँ गीत ‘घर आउदै छु आमा यो दशैमा’ सार्बजनिक (भिडियो)

दशैँ गीत ‘घर आउदै छु आमा यो दशैमा’ सार्बजनिक (भिडियो)
पाली गीत संगीत क्षेत्रमा चाड बिशेष गीतहरु सार्बजनिक हुने क्रममा मिडियाकर्मी अनिल गुरुङ्गको शब्द संगीत तथा आवाजमा ‘घर आउदै छु आमा यो दशैमा भन्ने गीत नमस्ते अन्लाईन टिभी बाट सार्बजनिक भएको छ । उक्त गीत तथा भिडियोमा कलाकार माया राम्जाली आमाको भिमिकामा देखिएको छन् भने बैनीको भूमिकामा कलाकार सलिना मगर देखिएकी छिन उक्त गीत तथा भिडियो पनि अन्य भिडियो भन्दा फरक धारमा निर्माण भएको जानकारी दिएका छन् । उ...

‘मैले यस्तो कहिल्यै देखेकी थिइन्’

‘मैले यस्तो कहिल्यै देखेकी थिइन्’
इस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरु...