विराटनगर– २ मा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित

विराटनगर– २ मा एमालेका पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित
विराटनगर महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही वडाको अध्यक्षमा निर्वाचित बनेका थिए । ५ बर्से कार्यकालपछि पुनः उम्मेदवार बनेका पोखरेलले दोस्रो पटक पनि वडाको नेतृत्व गर्ने अवसर पाएका हुन् राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गर्दै पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भए ।...

६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम

६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम
काठमाडाैं । शुक्रबार (वैशाख ३०) गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देशका ६ वटै महानगरपालिकाका मुख्य उम्मेदवारहरुको मत परिणाम अपडेट- प्रमुख काठमाडौं महानगरपालिका १, केशव स्थापित (एमाले)- ९६ २, सिर्जना सिंह (गठबन्धन)- ९७ ३, बालेन शाह (स्वतन्त्र)- ११९ ४, समीक्षा बस्काेट (विवेकशिल शहा)- ललिपुर महानगरपालिका १, चिरिबाबु महर्जन (कांग्रेस)- २, हरिकृष्ण ब्यञ्जनकार (एमाले)- ...

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत र तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको अग्रता

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर  दमक नगरपालिकामा एमालेको अग्रता
झापा । झापाको दमक नगरपालिकामा नेकपा एमालले सुरुवाती अग्रता लिएको छ । २०० मत गन्दा मेयर पदमा नेपाली कांग्रेस, एमालेकी गीताकुमारी पौडेल अधिकारीले ९६ मत पाएकी छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका संयुक्त उम्मेदवार रामकुमार थापाले ७६ मत प्रप्त गरेका छन् । उपमेयरमा भने कांग्रेस–माओवादी–राप्रपा गठबन्धनको उम्मदेवारले अग्रता लिएको छ । गठबन्धनका उम्मदेवार रेगिना भट्टराई ९० प्राप...

विहान ९ बजेदेखि भरतपुर महानगरको मतगणना

विहान ९ बजेदेखि भरतपुर महानगरको मतगणना
भरतपुर, ३१ वैशाख भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । शनिबार एक समूहले मतगणना गर्नेछ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो । मतगणना सुरु गर्ने समय एकिन गर्न बसेको सर्वदलीय बैठक करिब ३ घण्टा बसेको थियो । शुक्रबार भएको स्थानीय त...

जसले मत खसाल्न जाँदै गरेका आमा र गर्भवती श्रीमतीसहित पाँच आफन्त गुमाए

जसले मत खसाल्न जाँदै गरेका आमा र गर्भवती श्रीमतीसहित पाँच आफन्त गुमाए
पोखरा । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तह निर्वाचनमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गर...

सल्यानमा माओवादीले खाता खोल्यो

सल्यानमा माओवादीले खाता खोल्यो
सल्यानकाे कुमाख गाउँपालिका वडा–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन्। महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्। कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर...

कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौं– झापाको कनकाई नगरपालिकामा जारी मतगणनामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन्। प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार रहेको शेरबहादुर थापा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारभन्दा अघि देखिएका हुन्। ३ सय मत गणना भइसक्दा थापाले १४१ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका राजेन्द्र पोखरेलले ७७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले हा...

नार्पाभूमि गाउँपालिकामा कांग्रेसका लामा निर्वाचित

लमजुङ, बैशाख ३१ गते । मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । उहाँले ४७ मतले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराउदै १५८ मत ल्याएर बिजयी हुनुभएको हो । प्रतिद्वन्दी स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याउनुभएको छ । अध्यक्षमै उम्मेदवारी दिनुभएका स्वतन्त्रका मिङमार सोनाम लामाले भने उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोन्ज...

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा

बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा
रुपन्देही, वैशाख ३१ । बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्। दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १ मा १९ सय ७४ मत खसेको थियो ।