बाल श्रम सम्बन्धी ५ औ विश्व सम्मेलन दक्षिण अफ्रिकाको डर्बनमा मे १५ देखी २०सम्म आयोजना हुदैँ
काठमाडौं । दक्षिण अफ्रिकाको डर्वनमा आयोजना हुने बालश्रम सम्बन्धी पाँचौ विश्वव्यापी सम्मेलनमा नेपालको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनको तयारी स्वरूप सुझाव सङ्कलन सुरू भएको छ ।
बालहिंसा विरूद्ध क्रियासिल राष्ट्रिय कार्य समन्वय समुहद्वारा वल्र्ड भिजन इन्टरनेशनलको सँगको सहकार्यमा देशभर बालश्रम न्युनिकरणका लागि बनाउनुपर्ने योजना तथा सम्मेलनमा सहभागी हुँदा नेपालको तर्फबाट प्रस्तुत गर्ने कार्ययोजन...












