दोलखाका पवन गिरी नेपाल आइडलबाट रुदै बाहिरिए, जजहरुले पनि थाम्न सकेनन् मन
काठमाडौं – शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।
नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन्। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे। साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्म...













