अशोकको घर शिलान्यास हुदै,उनलाई पढाउने स्कुलको अर्को प्रतिबद्धता
उर्लाबारी/ रातारात युटुबमा गीत गायर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि घर निर्माण हुने भएको छ । हाल भएको घर नजिकै अशोको परिवारका लागी नयाँ घर बन्ने भएको हो । घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ भने विहिबार घरको शिलान्यास गर्ने कार्यक्रम रहेको घर निर्माण समितीका संयोजक पूर्ण वाइवाले जानकारी गराएका छन् । करीव १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्नें योजना रहेको पनि उन...














