अन्तिम पत्र आमालाई : बविना बस्नेत
मेरी आमा
सन्चो बिसन्चो सोधिन
सबै कुरा वृतान्त सुनाउने
त्यति धेरै समय म सगँ छैन ।
आमा म मात्र हजुरलाई
अन्तिम पत्र लेख्दै छु ।
यो बिरानो ठाउँ
यो बिरानो प्रवास
एक्लो लाग्दो रहेछ ।
आउने रहर कति थियो कति
कहि केही भगवानले जोडि हाल्छ कि ?
त्यसो भएन ।
मर्नै परे पनि
आमा हजुरलाई हेरेर
मर्दाको सुख यहाँ बाँच्दा नि पाईएन ।
नातेदार छिमेकीले
देहलाई हेरेरै भएनि
मन त बुझाउथे ...














