नयाँ वर्ष २०७५ को रौनक सेलाउन नपाउँदै संगीतप्रेमीहरुका लागि नवगायक किशन रेग्मीले अमेरीकाबाट कान्छी हे कान्छी बोलको गीत प्रिमिएर गरेका छन् ।

शुक्रबार युएस मिडिया नेटवर्कमार्फत सो गीत रिलिज गरिएको हो । पहिलो गीतबाटै चर्चासँगै प्रशंसकहरुको माया पाइरहेका गायक रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन् ।

गायक रेग्मी अमेरीकाको टेक्सास बस्दै आएपनि यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर तथा अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । समय सान्दर्भिक उक्त गीतको भिडियो उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो ।

आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । । गीतका शब्द प्रल्हाद रिजालले लिपिवद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय संगीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रुपले भिडियोमा उतारेका छन् ।

मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अँझ उत्कृष्ट बनेको छ । ललितपुरको गोदावरी रिसोर्टमा छायाँङ्कन गरिएको भिडियोलार्इ उत्सव दाहालले खिचेका हुन् भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।

गीतले युवापुस्ता र अहिलेको माया प्रेमलाई मिठास ढंगले प्रस्तुत गरेको निर्माता उद्धव सिलवालले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया