चलचित्र ‘बा’ बनाउँदै निर्माता निर्देशक एभरेष्ट सूर्य बोहरा
काठमाडौं – निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औंसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर भदौ ३ गते बुधवार चलचित्र विकास बोर्डमा ‘बा’ शीर्षकको फिल्म दर्ता गरेका छन् ।कोरोनाको प्रभाव कम भएपछि मंसिरमा छायांकन थालिने उक्त फिल्ममा बाबुको संघर्ष, त्याग, बलिदान र सम्पर्णको महिमा प्रस्तुत गरिने बताइन्छ ।
कोरोनाका कारण देश लकडाउनमा रहे तापनि निर्देशक बोहोरा भने निरन्तर सृजनशील कार्य र पीडितहरुको स...














