‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
काठमाडौं। चलचित्र ‘सेल्फी किङ’ निर्माण हुने भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमकाबिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो।
विशाल सापकोटाको डेब्यू निर्देशनमा बन्ने चलचित्रमा विपिन कार्की र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहनेछ। साथमा चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ। अभिनेत्री केकी अधिकारीले चलचित्रमा बि...














