अक्षय कुमारसँग बलिउडमा डेब्यू गर्दै पूर्व मिस वर्ल्ड मानुषी छिल्लर
मिस वर्ल्ड, २०१७ मानुषी छिल्लर लामो समयदेखि बलिउड फिल्मको प्रतिक्षा गरिरहेकी थिइन् । अहिले खबरहरुका अनुसार मानुषी छिट्टै नै बलिउडमा डेब्यू गर्ने भएकी छिन् ।
मानुषी छिल्लर अभिनेता अक्षय कुमारका साथ बलिउड करिएर सुरु गर्नेछिन् । छिल्लर पृथ्वीराज चौहानको बायोपिकमार्फत चलचित्रमा आउने बताइएकाे छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्ने पृथ्वीराज चौहानको बायोपिकको निर्माण यशराज फिल्म्सले गर्नेछ । ...














