‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको घर बनाइदिने सन्तोष सेनको घोषणा
२०७७ सालमा नेपाली फिल्मले एउटा सिर्जनशिल लेखक तथा निर्देशक छेतन गुरुङलाई गुमायो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता फिल्मको पटकथा तथा संवाद लेखेका उनले ‘डमरुको डण्डीवियो’बाट निर्देशनमा हात हालेका थिए । आफूले परिकल्पना गरेर निर्देशन गरेको ड्रिम प्रोजेक्ट ‘प्रेमगीत ३’ भने उनले हेर्न पाएनन् । यो फिल्मको पटकथा तथा संवाद उनकै हो ।
‘प्रेमगीत ३’ हिन्दीमा डब भएर यतिबेला भारतमा समेत प्रद...














