धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’ नाममा ‘ज्याकी’ थपियो
‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राई (राणा)ले करिब चार वर्षअघि दोस्रो फिल्म ‘आई एम ट्वान्टी वान’को घोषणा गरेकी थिइन् । निर्माण घोषणाको तीन वर्षपछि कोरोना महामारीताका छायांकन भएको फिल्मको अब नामको अगाडि ‘ज्याकी’ थपिएको छ । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले एक भिडियोमार्फत् फिल्मको नयाँ नाम ‘रिभिल’ गरेको हो ।
यस फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको ...














