अर्को शुक्रबारदेखि प्रदर्शन हुने ‘चपली हाइट ३’लाई ‘पीजी’ सर्टिफिकेट
२४ मंसिर, काठमाडौं । पुस २ गते अर्थात् आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको हो ।
अब यो चलचित्र हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको छ...














