नेपाली फिल्मका लागि ‘थ्रेट’ बन्दैछन् साउथ इण्डियन फिल्म ?
१७ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’ साउथ इण्डियन हिन्दी डब चलचित्र ‘पुष्पा’कै कारण रिलिज गरेनन् । पुस २ गतेबाट पछि सरेको चलचित्रको प्रदर्शन मिति अब पुस ३० गतेलाई तोकिएको छ ।
अर्को साता साउथकै हिन्दी डब चलचित्र ‘आरआरआर’ नेपाल भित्रिने भएपछि नेपाली निर्माताले चलचित्र रिलिजको आँट नै गरेनन् । चैत ३० गते नै साउथको हिन्दी डब चलचित्र ‘राधे श्याम’ रिलिज हुँदैछ । नेपाल भित्र...














