किन धेरै गर्छन् सेलिब्रिटी सामाजिक सेवाको प्रचार ?
केही दिन अगाडि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि सहयोग वितरण गर्न पुग्दा नायिका पूजा शर्माले उनीहरुसँग सेल्फी लिइन् । पूजाले प्रभावितसँग रमाइलो गर्दै लिएको सेल्फीको आलोचना भयो । सहयोग वितरण गर्न पुग्दा मिडियाका क्यामेरासहित पुगेकी पूजाले सामाजिक संजालमा पनि थुप्रै तस्वीर पोष्ट गरिन् ।
पूजा मात्र होइन, सामाजिक सेवामा सक्रिय रुपमा लागेका नेपाली चलचित्रका कलाकारहरु यसलाई प्रचार पनि खुबै गर्छन् ...














