कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘महानगर’को वर्ल्ड प्रिमियर हुने
काठमाडौँ — कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म 'महानगर'को वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको तीन प्रतिस्पर्धात्मक विधामध्ये एसिया सेलेक्ट(नेटप्याक अवार्ड)तर्फ यो फिल्म छनाेट भएको हो । आगामी नोभेम्बर ५ देखि १२ तारिखसम्म भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलमा मोहन राई निर्देशित 'महानगर' पहिलो पटक प्रदर्शनमा आउने भएको छ ।
निर्देशक राईले फिल्मलाई हलमा प्रदर्शन गर्ने सोच राखेर निर...













