काँठे गीतमा उच्च पहिचान बनाउन सफल नबराज घोरासैनीको “मिर्मिर कपालैमा” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक दोहोरी, त्यसमाथि पनि काँठे गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान जमाउन सफल गायक हुन् नबराज घोरासैनी । उनले यस क्षेत्रका लागि अशंख्य गीत संगीतका सृजनाहरु पस्किसकेका छन् । अडियोको समय हुँदा नबराजका धेरै गीतहरु बिक्रि वितरण हुन्थे तर हिजो आज उनका गीतहरु त्यति मात्रामा सुन्न पाइदैन ।
पहिल्लो समय डिजिटल बजारको भिडमा आफ्नो कलाकारिता यात्रा अगाडी बढाउनु पर्ने भएकोले...














