काठमाण्डौ फाल्गुन १२ – पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने तयारीमा छन् ।  यसै सन्दर्भमा लोक दोहोरीका अव्वल  गायक एवम् सर्जकको रुपमा आफुलाई स्थापित गर्न सफल लोकप्रिय  गायक मोहन खड्का र   गायिका सन्ध्या वुढाको सुमधुर स्वरमा सजिएको निकै मिठो लोकदोहोरि गित “झुटो तिम्रो माया”  बजारमा रिलिज भएको छ ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् ।

पछिल्लो समय निकै चर्चा बोटल्न सफल गायक  एवम् सेन्टि गितका अव्वबल गायक मोहन खड्का र गायिका सन्ध्या वुढा (काऊलि बुढी) को   सुमधुर स्वरमा एवम् गितकार सुबास बोगटिको  उत्कृष्ट शब्द सृर्जना एवम् अमित नेपालीको लय सिर्जना उक्त गित “झुटो तिम्रो माया” मा   सजिएको छ । भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई नै दर्शाईएको छ ।

यस अघि मोहन खड्काको सुमधुर स्वरमा रहेका गितहरु निकै चर्चाको शिखरमा छन् । मर्ने मिति , आज भन्दा भोलि माया , ए तिम्रो माया , लाल्टिन , सुन सबैले सुन , मैले रिवन  आदि रहेका छन् । उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ । उक्त गितलाई  निशान वानियाले निर्देशन गरेका हुन् भने पछिल्लो समयमा व्यस्त नायक मोडेल विमल अधिकारी सविता कार्कि र विष्णु कुवरको उत्कृष्ट अभिनय रहेको छ । समग्रमा गित पनि निकै उत्कृष्ट  रहेको छ भने कथा बस्तु अनुसार निकै सरल तरिकाले गितको म्युजिक निर्देशन भएको छ । उक्त गीतलाई Panas films को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया