“रिना थापा, संजिव ठकुरी अशोक र एलिशाको अभिनयमा राजेश र स्मृतिको “पानबुट्टे चोली बजारमा”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि हरेक तह र तप्का बाट महत्वपुर्ण पहल भैरहेको छ । केहि समय अगाडीको जस्तो गीत संगीतको म्युजिक भिडियोमा अंग प्रदर्शनबाट मात्र आफ्नो सिर्जना चल्छ भन्ने मानसिकता अहिले न्यून भैसकेको छ । अहिले त आफ्नै कला संस्कृतिको जगेनार्थ तयार भएका गीत संगीतहरु नै नेपाली जनमानसहरुमा लोकप्रिय छ ।
यसैलाई मध्यनजर गर्दै जनता डिजिटल प्रालिले राजेश ढकाल र स...














