राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुले हरेक क्षेण नयाँ र मौलिक स्वादहरुको चाहना गरिरहेका हुन्छन् । पहिले जस्तो जुनसुकै गीत बजारमा ल्याउदा श्रोता एवं दर्शकहरुको मन जित्न गाह्रो छ । अहिले श्रोता तथा दर्शकहरुले गीत संगीतको गहिराही बुझेर मात्र आफुले उक्त सांगीतिक सृजना श्रवण गर्ने भैसकेका छन् । यो सामाजिक परिवर्तन र चेतनाको विकास पनि हो ।यसैलाई मध्यनजर गर्दै पछिल्लो समयमा बजारमा आएका गीत भित्र गहनता र मौलिकता भेटिने गर्दछ । अबको समय गीत संगीतको म्युजिक भिडियोमा अंग प्रदर्शन होइन, मौलिकता र फरक स्वाद चाहिन्छ ।

यस्तै बुझाइलाई केन्द्रित गर्दै बिगत निकै लामो समय यता सारंगी बादकको भूमिकाबाट बिभिन्न गीत संगीत शृंगारिरहेका सारंगी बादक हेमन्त कान्छा रसाइलीले “भाग्यमानी” बोलको गीत लिएर आएका छन् । उनि गायन विधाबाट यस क्षेत्रमा प्रवेश गरेका हुन् तर आफ्नो आवस्यक सारंगी बादकमा पनि भएपछी हेमन्त यस तर्फ पनि आफ्नो नामलाई स्थापित गर्न सफल भएका छन् । यो हुँदा हुँदै पनि उनले बिभिन्न गीत संगीतमा स्वर भर्न छोडेका छैनन् । हेमन्तले यस अगी साथमा धन छैन, जान्छु परदेश बोलको गीत पछिल्लो पटक बजारमा ल्याएका थिए ।

यस पटकको “भाग्यमानी” हो । प्रस्तुत गीतमा हेमन्त कान्छा रसाइली देवी घर्ती, झलक संगीतम टेकेन्द्र बोहरा, शर्मिला बि.सी, प्रतिमा बिस्वकर्मा र अमृता नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई केही समय अगाडी आलाप दोहोरी घरबाट प्रत्यक्ष दोहोरीको रुपमा पनि प्रकाशनमा ल्याइसकिएको छ । उक्त दोहोरीमा प्रयोग भएका भाकाहरुलाई नै पूर्ण रुप दिने क्रममा यो “भाग्यमानि” झलक संगीतामको मौलिक लय र सपना रसाइलीको शब्द भित्र हेमन्त “कान्छा” रसाइलीको प्रस्तुतिमा बजारमा आएको हो । यस गीतको म्युजिक भिडियोमा श्री प्रसाद थापा (लाहुरे दाई) र रिना थापा मगरको उत्कृष अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन शम्भु चालिसे र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया