राजेश र मेलिनाको साकेला जाउँमा जोन र मनिसा
काठमाडौँ । गायक राजेश पायल राई र मेलिना राईको स्वर रहेको साकेला जाउँ’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । किराँत समुदायको पितापुर्खाको सम्झना गर्ने, उनीहरुबाट आशिर्वाद लिने र किराँत समुदायमा जन्मदेखि मृत्यूसम्म गरिने कर्म वा संस्कार झल्कने खालको यो गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रुपमा सागर संसार राई रहेका छन् । सङ्खुवासभाली किराँत युवाहरुको अगुवाइमा उँभौली पर्वको अवसर पा...














