काठमाडौं — लोकप्रिय गायक उमेश राई र गायिका अन्जु पन्तको सुमधुर स्वरमा रहेको “रौसी कोदोको“ सार्वजनिक भएको छ । पूर्वी पहाडी भूगोल र संस्कृति झल्काउने शैलीमा निर्माण गरिएको यो गीतमा लोक आधुनिक भाव र आकर्षक नृत्य संयोजन गरिएको गीत लिम्दुमी क्रियसन मार्फत सार्वजनिक गरिएको छ ।
प्रेम कटवालले शब्द सर्जना गरेका हुन् भने संगीत संयोजन डीआर अटुको रहेको छ। गीतलाई राजु कार्कीले एरेन्ज गरेका हु न्। रेकर्डिंगदेखि मिक्सिङ तथा मास्टरिङसम्मको काम लिम्दुमी क्रिएसन स्टुडियोमा सम्पन्न गरिएको हो।
भिडियोतर्फ, नृत्य र अभिनयमा अलिश राई र करुणा राईको दमदार प्रस्तुतिलाई देख्न सकिन्छ। भिडियोलाई नीता राईले निर्देशन तथा कोरियोग्राफी गरेकी छन्। छायांकन र सम्पादन इसाक जाबेगुको रहेको छ।
स्थानिय पहिचान र मौलिक संस्कृतिको समिश्रणसहित तयार पारिएको यो गीतले दर्शक तथा श्रोतालाई मनोरञ्जन मात्र नभई सांगीतिक विविधताको अनुभव पनि दिलाउने विश्वास लिइएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।