शारदा थापाको तिजैको लहर गीत सार्वजनिक (भिडियो)
काठमाडौं । सञ्चारकर्मी शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत भएको बताइएको छ। ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ। विगत वर्षहरुमा तीज आउनुअघि नै हजारौं तीज गीत सार्वजनिक हुने गरे पनि यो वर्ष कोरोना महामारीका कारण कमी आएका बेला थापाको तीज गीत सार...














