निखिल उप्रेती ‘पारस’मा अनुबन्धित, कृषा चौलागाइको नयाँ एक्सन प्रोजेक्ट

निखिल उप्रेती ‘पारस’मा अनुबन्धित, कृषा चौलागाइको नयाँ एक्सन प्रोजेक्ट
निर्देशक कृषा चौलागाइको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘पारस’ मा एक्सन नायक निखिल उप्रेती मुख्य भूमिकामा अनुबन्धित भएका छन् । त्यस्तै निर्माण पक्षका अनुसार निखिलसँग कृषाले औपचारिक कागजी सम्झौता गरिसकेकी छिन् । चलचित्रमा निखिलको भूमिका कस्तो हुनेछ भन्ने विषय भने हाल गोप्य राखिएको छ । यद्यपि, निखिलको एक्सन छविलाई मध्यनजर गर्दै ‘पारस’ पनि सशक्त एक्सन ड्रामाको रूपमा तयार हुने अनुमान गरिएको छ । ...

कोही नायक–खलनायक होइन, यथार्थको कथा : ‘सत्य सावित्री जब सेन्टर’ का लागि कास्टिङ खुला

कोही नायक–खलनायक होइन, यथार्थको कथा : ‘सत्य सावित्री जब सेन्टर’ का लागि कास्टिङ खुला
नेपाली समाजको एउटा गहिरो पीडादायी पाटोलाई पर्दामा उतार्ने तयारीमा फिल्म अस्त्र प्रोडक्सन जुटेको छ । “कोही नायक छैन, कोही खलनायक छैन मात्र सत्य छ” भन्ने सशक्त नारासहित निर्माण हुन लागेको वेब सिरिज ‘सत्य सावित्री जब सेन्टर’ ले वैदेशिक रोजगारीको नाममा युवाहरूले भोग्नुपरेको अँध्यारो यथार्थलाई उजागर गर्ने लक्ष्य लिएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टरसँगै निर्माण पक्षले अभिनयमा रुचि भएका नयाँ तथा थिएट...

भ्यालेन्टाइन छेकोमा ‘रमिताको पिरती’को प्रेमिल उपहार, ‘जुनीभर’ सार्वजनिक

भ्यालेन्टाइन छेकोमा ‘रमिताको पिरती’को प्रेमिल उपहार, ‘जुनीभर’ सार्वजनिक
प्रणय दिवसको माहोललाई अझै रोमान्टिक बनाउँदै माघ २३ गतेबाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ले नयाँ गीत ‘जुनीभर’ सार्वजनिक गरेको छ। प्रेमको गहिरो अनुभूति बोकेको यो गीतले दर्शक , श्रोतामाझ भावनात्मक स्पर्श छोड्ने अपेक्षा गरिएको छ। महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको गीतमा अस्मिता अधिकारीले मधुर साथ दिएकी छिन्। युवकले युवतीलाई जुनीभर आफ्नो बनाउन चाहने भावनालाई गीतमार्फत सरल तर प्रभावकार...

प्रदर्शन मिति नटुंगिँदै ‘प्रतिवैरम’को टिजर सार्वजनिक, मधेसको यथार्थ कथाले तान्यो ध्यान

प्रदर्शन मिति नटुंगिँदै ‘प्रतिवैरम’को टिजर सार्वजनिक, मधेसको यथार्थ कथाले तान्यो ध्यान
नेपाली फिल्ममा सामान्यतया प्रदर्शन मिति तय भएपछि मात्र प्रचार सामग्री सार्वजनिक गर्ने चलन छ तर, नयाँ फिल्म ‘प्रतिवैरम’ ले यो परम्परा तोड्दै रिलिज मिति घोषणा नहुँदै आफ्नो टिजर सार्वजनिक गरेको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तु, परिवेश र विषयवस्तुबारे स्पष्ट संकेत दिएको छ । टिजरमा दाइजो प्रथा, अवैध धन्दा र सामाजिक राजनीतिक विकृतिहरूलाई कथाको केन्द्रमा राखिएको देखिन्छ ।त्यस्तै मधेस ...

‘बा–आमा’ नाममा टंक बुढाथोकीको नयाँ फिल्म घोषणा

‘बा–आमा’ नाममा टंक बुढाथोकीको नयाँ फिल्म घोषणा
फिल्म ‘मन बिनाको धन’ले घरेलु बक्स अफिसमा सुखद् व्यापार गरेपछि निर्देशक टंक बुढाथोकी फेरि नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् । यहीँ शुक्रबार उनले शीर्षकसहित नयाँ फिल्म ‘बा–आमा’ निर्माणको औपचारिक घोषणा गरेका हुन् । आफ्नै चर्चित गीत ‘बा–आमा’बाट प्रेरित भएर बन्ने यो फिल्मको निर्देशन टंक स्वयंले गर्नेछन् । मुख्य भूमिकामा अशोक दर्जी र एआर बुढाथोकी रहने पक्का भएको छ भने  यी दुवै कलाकारले ‘मन बिनाको ध...

सपनाको सहरमा संघर्षको कथा: ‘गोबर गणेश’को भावुक ट्रेलर सार्वजनिक

सपनाको सहरमा संघर्षको कथा: ‘गोबर गणेश’को भावुक ट्रेलर सार्वजनिक
हास्य कलाकारका रूपमा लोकप्रिय मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बे अब निर्देशकका रूपमा पनि दर्शकमाझ आएका छन्। उनको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले गाउँबाट सहर छिरेको एक साधारण पात्रको असाधारण संघर्ष कथा बोल्छ। ट्रेलरमा गाउँले जीवनबाट ठूला सपना बोकेर काठमाडौं पसेको पात्रले भोग्न...

१२ वर्षपछि प्रवीण श्रेष्ठको निर्देशनात्मक पुनरागमन, ‘बब डाइ’को छायांकन सम्पन्न

१२ वर्षपछि प्रवीण श्रेष्ठको निर्देशनात्मक पुनरागमन, ‘बब डाइ’को छायांकन सम्पन्न
नेपाली फिल्म ‘मोक्ष’पछि १२ वर्ष लामो अन्तरालमा निर्देशक प्रवीण श्रेष्ठ निर्देशनमा फर्किएका छन् तर उनको कमब्याक फिल्म ‘बब डाइ’ को छायांकन बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै औपचारिक रूपमा सम्पन्न भएको छ जसमा जम्मा ४२ दिन लगाएर फिल्मको सम्पूर्ण दृश्य खिचिएको हो। छायांकनको सुरुवात चन्द्रागिरी क्षेत्रबाट गरिएको यस फिल्मले पछि कीर्तिपुरलाई आफ्नो मुख्य लोकेसन बनायो ।  स्क्रिप्टअनुसारका सबै दृश्य खिच...

नयाँ वर्ष २०२६ मा भावनाको ‘प्रार्थना’—रोशनी र प्रज्वलको म्युजिक भिडियोले बढायो उत्सुकता

नयाँ वर्ष २०२६ मा भावनाको ‘प्रार्थना’—रोशनी र प्रज्वलको म्युजिक भिडियोले बढायो उत्सुकता
जनवरी १ यथार्थ नयाँ वर्ष २०२६ को अवसर पारेर नेपाली म्युजिक भिडियो ‘प्रार्थना’ सार्वजनिक हुने तयारीमा छ भने टिजर र पोस्टर रिलिज भएसँगै यस भिडियोले सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुल्दै दर्शकमाझ उत्सुकता पैदा गरिरहेको छ। रोशनी कार्की र प्रज्वल दुलालको मुख्य अभिनय रहेको ‘प्रार्थना’ भावनात्मक कथामा आधारित म्युजिक भिडियो हो। जसमा सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा कथा, लेखन तथा निर्देशन ...

‘कार्साङ’पछि ‘मिरमिरे’मा फेरि दयाहाङ–सिर्जना, निर्देशक यम शेर्पाको दोहोरिएको विश्वास

‘कार्साङ’पछि ‘मिरमिरे’मा फेरि दयाहाङ–सिर्जना, निर्देशक यम शेर्पाको दोहोरिएको विश्वास
नेपाली चलचित्रमा दर्शकले मन पराएका कलाकारको जोडीलाई पटक–पटक दोहोर्‍याउने चलन पुरानै हो तर पछिल्लो समय दयाहाङ राई र सिर्जना निङलेखुको जोडी पनि यही सूचीमा पर्दै गएको छ। फिल्म ‘कार्साङ’मार्फत पहिलोपटक सँगै देखिएका यी दुई कलाकार अब नयाँ फिल्म ‘मिरमिरे’मा पुन सहकार्य गर्दैछन्। रोचक संयोग के छ भने, ‘कार्साङ’ र ‘मिरमिरे’ दुवै फिल्मका निर्देशक यम शेर्पा नै हुन् भने पहिलो फिल्ममा दयाहाङ र सिर्जनासँग काम ग...

कलाकारको नाममा ठगी : स्वस्तिमा, केकी र धिरजले दिए चेतावनी

कलाकारको नाममा ठगी : स्वस्तिमा, केकी र धिरजले दिए चेतावनी
सामाजिक सञ्जाल विश्वासको माध्यम बन्दै गएको बेला त्यही विश्वासलाई हतियार बनाएर ठगी गर्नेहरूको गतिविधि बढ्दै गएको छ। पछिल्लो समय चर्चित कलाकार स्वस्तिमा खड्का, केकी अधिकारी र धिरज मगरको नाम दुरुपयोग गरी नक्कली सामाजिक सञ्जाल अकाउन्टमार्फत ठगी भइरहेको खुलेको छ। ठगहरूले ती कलाकारहरूको तस्बिर, नाम र पहिचान प्रयोग गर्दै सहयोग, आपतकालीन अवस्था, प्रोजेक्ट सहयोगजस्ता बहाना बनाइ सर्वसाधारणसँग पैसा माग्ने गर...