मनीषालाई फ्यानले पठाउँथे रगतले लेखेर लभ लेटर
‘बम्बे’, ‘१९४२ : अ लव स्टोर’, ‘दिल से’ जस्ता एकसेएक उम्दा फिल्ममा आफ्नो अभिनयको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषा कोइराला आइतवारबाट ५० वर्षमा प्रवेश गरेकी छन् । १६ अगस्त १९७० मा नेपालको काठमाडौंमा जन्मिएकी उनले आफ्नो फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट गरेकी थिइन् ।
यसपछि उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’ बाट लिड अभिनेत्रीको रुपमा ...