विराटनगर / विराटनगरका मेयर भीम पराजुली सेल्फ क्‍वारेन्टाइनमा बसेका छन् । चालकलाई कोरोना संक्रमण भएपछि उनी सेल्फ क्‍वारेन्टिनमा बसेका हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुलीले पनि स्वाब दिएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको छ । तर, चालकलाई कोरोना संक्रमण भएपछि उनी क्‍वारेन्टिनमा बसेका हुन् ।

मेयर पराजुलीले आफ्नो साथैमा रहने निजी सचिवालयका सहयोगीका साथ महानगरले नै व्यवस्थापन गरेको जैन भवनको क्‍वारेन्टिनमा बसेको बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकारीलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

वडा १ र २ का वडाध्यक्षमा समेत कोरोना पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया