ठूलो पर्दाबाट एपमा अट्दै सिनेमा : नेपाली फिल्म उद्योगमा सिफ्ट कहिले?
जय नेपाल सिनेमाघरको माथि अहिले पनि एउटा ठूलो होडिङ बोर्ड छ फिल्म 'मुलान'को।
सन् १९९८ मा डिज्नीले बनाएको एनिमेटेड फिल्मलाई नै एडप्ट गरेर बनेको यो फिल्म नेपालमा पनि रिलिज हुने तयारीमा थियो। त्यसो त यो फिल्म निर्माणको विगत पनि रोचक नै छ। सन् २०१० मा यसको 'लाइभ एक्सन' रिमेक गर्ने तयारी भएको थियो। तर, पूरा नै हुन सकेन। सन् २०१५ मा आएपछि मुलानको अनाउन्स भयो। सन् २०१७ मा निकी कारो यसका निर्देशकमा छानि...