काठमाडौं : भर्सटायल गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको ‘मेरो प्यारो बाबा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “उत्तम राई अफिसियल” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक राजेश पायल राईको अभिनय देख्न सकिन्छ । गीतमा एउटा सन्तानले आफ्नो बाबा प्रतिको माया र बाबाले आफ्नो सन्तानको लागि गरेको संघर्षलाई प्रस्तुत गरिएको छ ।

यस गीतको भिडियो निर्देशन, छायांकन एवं सम्पादन पत्रकार विशाल राईले गर्नु भएको हो ।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया