पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?
मुम्बई – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् ।
सुशान्तको आत्महत्या ड्रग्सतर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घटनामाथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ ।
मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृत्युपछि...













