फिल्म भनेको तयारी चाउचाउ होइन : फूलमान बल
करिब दुई दशकदेखि रंग पत्रकारितामा आबद्ध फूलमान बल पत्रकारितामा मात्र सीतिम छैनन्, फिल्म निर्देशनमा पनि उनले नाम बनाएका छन्। साहित्य लेखनमा पनि रुचि राख्ने उनको काजल खातुन कथा र महाभारतकी मैच्याङ कविता संग्रह प्रकाशित छन् भने सोनाम ग्याल्मो, मेहेन्दोमाया तथा ताग्मो ल्हुइज्यिन नाटकको लेखन कार्य गरेका छन्। युवा मोती पुरस्कार २०७६ बाट पुरस्कृत उनले सन् २०१२ मै सेलफोन नामक सर्ट फिल्म निर्देशन गरेका थिए...













