झापामा पूर्ण स्तनपान गराउने आमा ५४ प्रतिशत
झापा, जेठ २७ गते । जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् । चालु आर्थिक वर्षको चैत सम्म गरिएको वृद्धि अनुगमन तथ्याङ्कअनुसार सो तथ्याङ्क फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।
“शिक्षित र आर्थिक रुपमा सबल भएका परिवारका आमाहरुले नै कम स्तनपान गराउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर, कम शिक...














