बिहेघरमा नाचगान गरिरहेका बेला करेन्ट लागेर दुई महिलाको मृत्यु, एकजना घाइते
विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला तीन जनालाई करेन्ट लागेको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको हो । ...














