माघ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुप...












