अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित
विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
१४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट...














