‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् ।
यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् ।
छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्‍याएको छ ।

लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ । सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन् ।

सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया